८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड

अ+ अ-

गण्डकी । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ ।

दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सूचना प्रविधिमा आएको परिवर्तनसँगै नियामक निकायको भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए । सेवाको सञ्चालन एवम् नियमनका लागि बनाइएका कानुन पनि आवश्यकता अनुसार संशोधन हुँदै जानुपर्नेमा उनको भनाइ छ । सेवा प्रदायकबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको बताउँदै उनले गुणस्तरीय सेवा बढाउनेतर्फ लक्षित हुनुपर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन कानुन रहेको बताउँदै त्यसको पालना गरी सेवालाई गुणस्तरीय बनाउन सम्बद्ध सेवा प्रदायक लाग्नुपर्ने बताए । सेवा प्रदायकहरूले स्वस्थ प्रतिस्पर्धालाई जोड दिनुपर्ने बताउँदै उनले भौगोलिक अवस्था जस्तो भए पनि सञ्चारको महत्त्व उत्तिकै बराबरी रहेको उल्लेख गरे ।

नेपाल टेलिकम गण्डकी प्रदेशका उपनिर्देशक प्रक्षित थापाले भौगोलिक विकटताले कतिपय स्थानमा सेवा प्रवाहमा समस्या आएको बताए । कतिपय स्थानमा बिजुली बत्ती उपलब्ध नहुँदा सोलारका माध्यमबाट मात्रै सेवा प्रभावकारी रूपमा दिन नसकिएको उनले बताए ।

पोखरा उच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष गिरधारी सुवेदीले दूरसञ्चार सेवालाई प्रभावकारी बनाउनका लागि एकीकृत कानुनको खाँचो औँल्याए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका कोषाध्यक्ष मीना रानाभाटले सेवाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै अव्यवस्थित रूपमा राखिएका तारलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पोखरा इन्टरनेटका विदेश पालिखे, प्रशंसा अर्याल लगायतले बोलेका थिए भने सहभागीका तर्फबाट सेवा प्रवाह, कानुनी व्यवस्था लगायतमा जिज्ञासा व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस