काठमाडौँ । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ ।
खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीनओटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघर लगायतमा क्षति पुर्याउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
आयोजना निर्माण स्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ ।
निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको छ । आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।