२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक लाख बजेट ल्याउन नसक्ने व्यक्ति चुनाव जितेर गएको छ, नक्कली स्यालको पर्दाफास गर्नुपर्छ’ : महेश बस्नेत

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् । 

सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भक्तपुरवासीको मनोबल र मान घटेको टिप्पणी गरेका हुन् । उनले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने व्यक्ति निर्वाचन जितेर गएको भन्दै भक्तपुरवासीले विगतमा करोडौँ रुपैयाँ बजेट माग्ने गरेको तर अहिले १० लाख रुपैयाँ माग्न सक्ने हैसियतसमेत नरहेको दाबी गरे । भक्तपुरलाई यस्तो अवस्थामा पुर्‍याउने ‘नक्कली स्याल’ र ‘भेडाको छाला ओढेका ब्वाँसो’हरूको पर्दाफास गर्नुपर्ने उनको भनाइ छ । उक्त अभिव्यक्तिमार्फत बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सांसद राजीव खत्रीप्रति लक्षित टिप्पणी गरेका हुन् ।

उनले नेपाली जनताले चाहेको पार्टी नेकपा एमाले भएको दाबी गर्दै विकास र समृद्धिको अभियान अघि बढाउने सामर्थ्य एमालेसँग मात्रै रहेको जिकिर गरे । 

सचिव बस्नेतले भने, ‘एक लाख रुपैयाँको बजेटसमेत ल्याउन नसक्ने नेतृत्व आज चुनाव जितेर गएको छ । यसले भक्तपुरवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा चोट पुर्‍याएको छ । हिजो करोडौँ रुपैयाँको बजेट माग्न सक्ने भक्तपुर आज १० लाख रुपैयाँको बजेट माग्नसमेत कठिन अवस्थामा पुगेको छ । यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ र जनतासामु तथ्यहरू स्पष्ट पारिनुपर्छ । भक्तपुरको विकास, समृद्धि र जनताको अपेक्षालाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा नेकपा एमाले र कमरेड केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको विकास र समृद्धिको अभियानबारे जनतामाझ पुनः बहस र चर्चा हुन थालेको छ ।’

नेपाली जनताले समृद्धिको वाहकका रूपमा आफूलाई र नेकपा एमालेलाई पुनः महशुस गर्न थालेको उनको दाबी छ ।

0 Comments