२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोटेसनबाट नै लुटेर खानेहरुको स्वास्थ्य क्षेत्रमा राज छ : अध्यक्ष बस्नेत 

अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्यमा हुने ब्रम्हलुटको बारेमा धेरै निकायमा धाउँदा पनि कुनै सुनुवाई नभएको बताएका छन् । 

शनिवार स्वास्थ्य क्षेत्रमा भइरहेको भ्रष्टाचारबारे जानकारी दिन तथा सरोकारवालासँग स्वास्थ्य संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कोटेसनबाट नै लुटेर खानेहरुको स्वास्थ्य क्षेत्रमा राज रहेको बताए । 

उनले भने ‘ कोटेसन भनेको लुट हो, २० लाखसम्म स्वास्थ्यको सामान किन्न पाइन्छ तर २ लाखको पनि किन्दैन्, सबै कागजपत्र मिलाएर पैसा खान्छ । त्यसपछि उजुरी गरेका छौ स्वास्थ्य मन्त्री, कानून मन्त्री, मन्त्री परिषद्, रवि लामिछाने, एमाले, माओवादीका शीर्ष नेता, विप्लव सबैलाई भेटेर कुरा राख्दा पनि केही भएको छैन् । कुनै पनि पार्टीमा स्वास्थ्य सम्बन्धी बुझेको मान्छे नै छैन् की, सेटिङ्मा बसेको हो की जस्तो लाग्छ । ’ 

स्वास्थ्यलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा राखेको छ भनेर ठूला ठूला भाषण गरेर भोट माग्दै हिड्दा जनताले मुख भरिको जवाफ दिने अवस्था आउने चेतावनी दिदै अध्यक्ष बस्नेतले साना साना रोगका कारण पनि जनताले मर्नु पर्ने अवस्था रहेको बताए । 

उनले भने ‘ धेरै पढेको तर चाकरी नगर्ने डाक्टर गाँउमा नै हुन्छन् यहाँ आउँने सबै भ्रष्ट हुन्छन् । चिकित्सकहरुलाई संस्थाको कार्यकारी जिम्मेवारी दिनु हुदैँन् । स्वास्थ्य क्षेत्रमा कुनै विज्ञ आएर बसेका छैनन्, केन्द्रदेखि प्रदेशमा मन्त्रीको निर्देशनमा एउटा वरिष्ठ व्यक्ति संयोजक बनाएर सार्वजनिक खरिद अनुगमन तथा राय सुझाव समिति जिल्ला, केन्द्र, प्रदेशमा हुनुपर्छ । दक्ष जनशक्ति र निजी क्षेत्रको पनि संलग्नता गरेर समितिमा बन्नु पर्छ । ’