२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकबाट एक करोड राजस्व सङ्कलन

अ+ अ-

काठमाडौँ । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट रु. एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख रमेश ज्ञवालीका अनुसार हुलाक सेवा शुल्कबाट रु. ८६ लाख ३० हजार एक सय एक, भन्सार महसुल आयातबाट रु. नौ लाख ९३ हजार ७४, रेडियो एफएफ सञ्चालन दस्तुरबाट रु ४४  हजार, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आय रु ५४ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसै गरी अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने दस्तुर रु. १५ लाख ६१ हजार ६१ सङ्कलन भएको छ भने यहाँको टेलिभिजन सञ्चालन गरेको दस्तुर रु. २५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

गत आवमा कार्यालयले १० लाख ७३ हजार एक सय थान टिकट बिक्री गरी रु. ९८ लाख ३४ हजार सात सय ६५ आम्दानी गरेको छ । जिल्ला हुलाक कार्यालयबाट यहाँका पत्रपत्रिका तथा एफएम र टेलिभिजनलाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तनी गर्ने गरिएको प्रमुख ज्ञवालीले जानकारी दिए । यस कार्यालयबाट गत आवमा रु. ५१  लाख नौ  हजार छ सय ७७ लोककल्याणकारी विज्ञापनबापतको रकम भुक्तानी गरिएको छ ।

यहाँका तीन दैनिक पत्रपत्रिकालाई रु. ११ लाख ७२ हजार छ सय ९०, आठ साप्ताहिक पत्रिकालाई रु. १९ लाख ८२ हजार नौ सय ५९ र एउटा द्विमासिक पत्रिकालाई रु एक लाख २० हजार सात सय ४९ भुक्तानी गरिएको छ । त्यसै गरी जिल्लाका चौध एफएम रेडियोलाई रु. १५ लाख ९० हजार छ सय ९२ र एउटा टेलिभिजनलाई रु. दुई लाख ४२ हजार पाँच सय ८५ भुक्तानी गरिएको छ ।

कार्यालयको काम, कर्तव्य र अधिकारभित्र रहेर सो भुक्तानी गरिएको कार्यालय प्रमुख ज्ञवाली बताउनुहुन्छ । लोककल्याणकारी विज्ञापनसँगै कार्यालयले केबल टिभी एफएम रेडियोहरूको नवीकरण तथा अनुगमन गर्दै आएको छ । राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम सूचनाको हक कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेस गर्ने गरिएको उनको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयले गत वर्ष ४४ हजार ८४ हुलाक वस्तु देशभित्र र सात सय २३ विदेश पठाएको छ । त्यसै गरी ३५ हजार २३ हुलाक वस्तु देशभित्रबाट र १० हजार आठ सय ३८ विदेशबाट हुलाक वस्तु आएको छ । हाल जिल्ला हुलाक कार्यालयले पूर्व-पश्चिम डाँक व्यवस्थापन र सञ्चालन, हुलाक वस्तु दर्ता एवं रजिष्ट्री, द्रुत डाँक सेवालगायतका काम गर्दै आएको छ । जिल्लामा हाल १३ इलाका हुलाक र २५ अतिरिक्त हुलाक कार्यालय छन् । पछिल्लो समय निजी क्षेत्रका कुरियर सेवा सञ्चालन भएपछि हुलाकको काममा भने केही कमी आएको छ ।