२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको राजनीतिमा नेकपा एसको महत्त्वपूर्ण स्थान छ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको महत्त्वपूर्ण भूमिका रहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा एस निकट एकीकृत ट्रेड युनियन महासंघ, नेपालद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनदेखि लिएर राजनीतिक सहमतिका लागि समेत आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहने गरेको जिकिर गरे ।

‘हामी अहिले जुन हौं,देशको राजनीतिको कोर्ष नै चेन्ज गर्दिरँका छौ । ठूलो भनिएको पार्टी सक्तामा थियो हामीले अहिले अलिकता चेन्ज गर्ने बित्तिकै त्यो सरकार ढल्यो। अर्को सरकार बन्नै सक्दैन भनेका थिए हामीले बनाएर देखाइदियौ । यो बनाएर देखाउने कुरामा कसले भूमिका खेल्यो ?’ उनले भने ।

पार्टीको नेताहरूको भूमिका प्रभावकारी भएको तर्क गरे । उनले भने ‘सबैलाई ल्याउने काममा हाम्रो पार्टीले भूमिका खेल्यो । यो त आज पनि सबैले स्वीकार गर्छन् । सुन्नुस् त भाषणमा, उनीहरूले भनेका अभिव्यक्तिहरूमा । एकीकृत समाजवादीका नेताहरू वास्तवमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्,’ नेपालले भने ।

त्यस्तै राजनीति, संगठन र आन्दोलनलाई अगाडि बढाउनै नसक्ने अवस्था आएपछि तत्कालीन नेकपा एमालेमा केपी शर्मा ओलीको प्रवृत्तिसँग जुधेर अर्को पार्टी गठन गर्नु परेको दोहोर्‍याउँदै उनले अहिले पनि आफ्नो पार्टीका लागि एमाले बाधक बन्ने गरेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो पार्टी अगाडि बढ्ने कुरामा सबभन्दा ठूलो समस्या अहिले को भएको छ ? व्यवहारमा हेर्नुहोस् त कसैले भन्लान् कांग्रेस भएको छ, ए कांग्रेस भा छ ? अनि केपी र उसको पार्टी समस्या नभएर त्यसलाई नपन्छाएर त्यो प्रवृत्तिका विरुद्धमा नजुधेर न संगठन अगाडि बढ्छ,न राजनीति हाम्रो अगाडि बढ्छ । संगठन,राजनीति र आन्दोलन अगाडि नबढ्ने यथार्थलाई बिर्सेर अरु कुरा गरेर चल्ने कुराको कुनै अर्थ छैन ।’

६० जनालाई महासंघमा प्रवेश गराएका उनले पार्टीले भूमिका खेले जस्तै जनताको पक्षमा मजदुरको पक्षमा इमान्दार रूपमा काम गर्न सुझाए । त्यस्तै उनले देशको राजनीतिलाई सही दिशामा लैजान सरकारले खोजिरहेको बताए ।