२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीको मिलेमतोमा तरकारीको मूल्य अस्वाभाविक वृद्धि

अ+ अ-

काठमाडौं । गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए । दुई समूहमा रहेका अनुगमन टोलीमध्ये एउटाले ना।६ख ४५६६ नम्बरको ट्रकमा आएको तरकारीको विवरण र खरिद मूल्यको बिल माग्यो ।

मेचीनगर–१७, काँकडभिट्टा झापामा रहेको एसएसबी ट्रेड एन्ड सप्लायर्सको ट्रकमा काउली, भिन्डी, परवल र भ्यान्टा गरी कुल सात हजार पाँच सय किलो आयात भएको थियो । तर, बिलमा उल्लेख भएको मूल्य अपत्यारिलो थियो । किनभने सबै तरकारी प्रतिकिलो ११ रुपैयाँ ५० पैसाका दरले खरिद गरी कालिमाटीस्थित जयसवाल एसके स्टोरले ल्याएको थियो ।

साढे ११ रुपैयाँका दरले खरिद गरेको तरकारीको थोक मूल्य त्यस दिन काउली ७५, भिन्डी १००, परवल ७० र भ्यान्टा ६५ रुपैयाँ प्रतिकिलो थियो । उपभोक्ताले काउली १००, भिन्डी ११०, परवल ९० र भ्यान्टा ८० रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले तरकारीको मूल्य अस्वाभाविक रूपले बढेको बताए ।

‘तरकारीको मूल्यमा व्यापारीले मनोमानी गरेका छन्,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’ आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तरकारी मूल्य नियन्त्रणका विषयमा भएको छलफलमा महानिर्देशक दाहालले तरकारी अभाव नदेखिएको बताए । ‘यहाँ महँगो पैसा तिरेर खरिद गर्छु भन्दा जति पनि तरकारी पाइन्छ,’ उनले भने, ‘थोरै पैसामा मात्र किन्न नपाइएको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments