२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक विषयमा पनि प्रयोगशाला निर्माण

अ+ अ-

पाल्पा । विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, पुस्तकालय कक्ष त सुनिएकै थियो तर, पाल्पा स्थित एक सामुदायिक विद्यालयले सामाजिक प्रयोगशाला अर्थात् ‘सोसल ल्याब’ पनि निर्माण गरेको छ । शिक्षण सिकाई प्रभावकारी बनाउन तानसेन- २, स्थित महेन्द्र वोधि माध्यमिक विद्यालयमा सामाजिक अध्ययन विषयमा अध्यापनरत शिक्षक झविन्द्र देवकोटाले प्रयोगशाला निर्माण गरेका हुन् ।

देवकोटाले आफूले स्थापना गरेको प्रयोगशालालाई नेपाल कै पहिलो सामाजिक प्रयोगशालाको रूपमा दाबी गरेका छन् । ‘यो शिक्षा क्षेत्रमा प्रयोग भएको नयाँ अवधारणा हो । विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला भएजस्तै सामाजिक प्रयोगशाला पनि हुनुपर्छ,’ उनले भने ‘सामाजिक प्रयोगशाला स्थापना गर्न सरकार तथा विद्यालयबाट कुनै आर्थिक स्रोत माग्नु पर्दैन । विद्यार्थीलाई सामाजिक विषयको प्रयोगात्मक कार्य अन्तर्गत काम दिएर यो प्रयोगशाला स्थापना गर्न सकिन्छ ।’ 

विद्यार्थीलाई घरमा भएका पुराना र प्रयोग विहीन सामग्री सङ्कलन गर्न लगाएर सामाजिक प्रयोगशाला स्थापना गरेको उनले बताए । सामाजिक विषयको अध्ययनलाई प्रभावकारी बनाउन शिक्षक र विद्यार्थीको सक्रियतामा ‘सोसल ल्याब’ बनाइएको हो । प्रयोगशालामा दैनिक जीवनमा प्रयोग हुने ढिकी जाँतो, हलो, जुवा, ठेकी, स्यागु, डोको, गुलेली, टुकी, लालटिन, सिङबाट बनाइएको खुर्पेटो आदि छन् ।

समाजशास्त्रीय अध्ययन गर्न मिल्ने एक सय वर्ष भन्दा बढी पुराना खराउ, पुराना नोट तथा सिक्काहरू, रेडियो, विद्यालयको पुरानो मध्येको एक कम्प्युटर, विद्यार्थीले सिर्जनात्मक रूपमा बनाएका विभिन्न चार्ट पेपरहरू लगायत एक सय भन्दा बढी सामग्रीहरू ल्याबमा राखिएको छ । नेपाली समाजमा परम्परादेखि नै प्रयोग हुँदै आएको घरेलु सामग्री सहित विद्यार्थीले बनाएका विभिन्न हस्तकला तथा वस्तुकलाका नमुनाहरू सोसल ल्याबमा राखिएको सामाजिक शिक्षक देवकोटाले बताए । 

नेपाली समाजको दैनिक जीवनमा प्रयोग हुँदै आएका तर बिस्तारै लोप हुन लागेका यस्ता बस्तुहरूको सङ्कलनबाट विद्यार्थीलाई सामाजिक ज्ञान दिन सकिने विद्यालयको भनाई छ । अघिल्लो पुस्ताको सामाजिक जीवन बुझ्न सघाउने र विद्यार्थीको कला र सीप प्रयोग भएका सामग्रीको सङ्कलन गरेर बिना लगानी प्रयोगशाला निर्माणको भएको विद्यालयले जनाएको छ । सामाजिक अध्ययन विषयको प्रयोगात्मक परीक्षा अन्तर्गत विद्यार्थीलाई सामग्री जम्मा गर्न लगाई उक्त कक्षको व्यवस्थापन गरिएको विद्यालयका प्रधानाध्यापक केशव केसीले बताए । सामाजिक प्रयोगशाला २०७६ सालमा स्थापना भएको थियो ।

जिल्लामा कतिपय विद्यालयले सङ्ग्रहालयको रूपमा सामग्री जम्मा गरेका छन् । विद्यालयमा ती सामग्री छन् भने तिनै सामग्री सजाएर सामाजिक प्रयोगशाला बनाउन सकिन्छ । देशभरका सबै सामुदायिक विद्यालयमा सामाजिक प्रयोगशाला स्थापना गर्न सबै सामुदायिक विद्यालयका शिक्षकहरूसँग देवकोटाले आग्रह गरे । कक्षा १२ सम्म सामाजिक विषयमा प्रयोगशाला जरुरी हुने उनको भनाइ छ ।