२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा मंसिर ८ देखि, २३ खेल सुर्खेतमा हुने

कर्णालीमा आयोजना हुने प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि आठ दिनअघिदेखि नै विभिन्न खेलका प्रतिस्पर्धा सुरु हुने तालिका तय भएको छ।

अ अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन्। प्रतियोगिताको प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार औपचारिक उद्घाटनअघि नै ६ खेलका प्रतिस्पर्धा सुरु हुनेछन्।

प्रारम्भिक चरणमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सञ्चालन गर्ने तालिका रहेको छ।

राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन गर्ने गरी खेलस्थल निर्धारण गरिएको छ। बाँकी नौ खेल कर्णालीका अन्य जिल्ला तथा लुम्बिनी प्रदेशका बर्दिया र बाँकेमा आयोजना गर्ने तयारी छ।

सुर्खेतमा एथलेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन्।

सुर्खेतबाहिर बर्दियामा टेनिस र खो-खो तथा सल्यानमा जुडो र कुस्तीका खेल सञ्चालन गर्ने तालिका छ। त्यस्तै, रुकुम पश्चिममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो र कालीकोटमा बुद्धिचालका प्रतिस्पर्धा हुनेछन्।

पौडी र सुटिङका खेल भने बाँकेको नेपालगञ्जमा सञ्चालन गर्ने तय गरिएको छ। यसअनुसार प्रतियोगिताका केही खेल कर्णाली प्रदेशबाहिरसमेत आयोजना हुनेछन्।

प्रतियोगिताको खेलस्थल वितरणअनुसार कर्णालीका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेलका प्रतिस्पर्धा राखिएका छैनन्। अधिकांश खेल सुर्खेतमा केन्द्रित हुँदा प्रदेशका अन्य जिल्लाको सहभागिता खेलाडी तथा प्रतिनिधिमण्डलमा सीमित हुने देखिएको छ।

दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गर्ने कार्यक्रम छ। प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ।

यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैर आवासीय नेपाली संघसहित ११ टोलीको सहभागिता रहने तय भएको छ।

प्रतियोगिताको तयारीका क्रममा खेल पूर्वाधार, खेलाडीको आवास, यातायात तथा व्यवस्थापनका काम अघि बढाइएको आयोजकले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समेत निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको बताएका छन्।

0 Comments