२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपालन व्यवसायबाट मनग्य आम्दानी

अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-१ का टङ्कप्रसाद अधिकारीको घरसँगै  गोठ छन् । 

त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् । 

तेह्र वर्ष साउदी अरब बसेर स्वदेश फर्कीएका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन् । “दुई चार पैसा कमाउन १३ वर्ष विदेश बसियो, आफ्नै गाउँमा केही गर्ने इच्छा बाँकी नै थियो”, उनले भने, “पशुपालन गरेर अहिले आफ्नै माटोमा इच्छा पूरा गरिरहेको छु ।”

‘श्रुतिका पशु तथा कृषि फार्म’ स्थापना गरेर पशुपालन व्यवसाय सुरु गरेका अधिकारीले आफ्नो परिवारसँगै केही स्थानीलाई रोजगारीसमेत सिर्जना गर्न सफल भएका छन्। यसले उनीलाई नेपालमा नै केही सम्भव छ भन्ने आशाको दियो जलाएको छ । 

“विदेशबाट नेपाल फर्केपछि केही समय कपडा व्यवसाय पनि गरेँ”, उनले भने, “घरमै भएको दुई वटा भैँसीबाट श्रुतिका पशु तथा कृषि फार्म स्थापना गरेर व्यावसायिक पशु पालन सुरु गरियो ।” व्यवसाय सञ्चालन पूर्व उत्पादित दूधको बजार व्यवस्थापनलाई चुनौती मानेका अधिकारीले फार्ममा उत्पादन हुने सबै दूध अहिले घरबाट नै बिक्री हुने गरेको छ । “स्थानीय छिमेकीदेखि व्यवसायी दूध खरिदको लागि गोठसम्म नै आउने गरेका छन्, बजारको कुनै समस्या नै छैन”, उनले भने ।

सुरुआतमा थोरै पशुपालनबाट सुरु गरेको गोठमा अहिले ५० भन्दा बढी गाई भैँसी रहेका छन् । वित्तीय संस्था, साथीभाइको सरसापटबाट विस्तार गर्दै अहिले व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न सफल भएको अधिकारीले बताए । “विदेशको कमाइ, साथीभाइको सहयोग, वित्तीय संस्थाको ऋणबाट व्यवसाय थप गर्दै यहाँसम्म ल्याएको छु”, उनले भने, “मध्यविन्दु नगरपालिका र नेपाल सरकारबाट मेरो कामको मूल्याङ्कन गर्दै सहयोग प्राप्त भएको छ ।”

सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट समेत सहयोग प्राप्त भएपछि व्यवसाय विस्तार तथा सुदृढीकरणमा मद्दत पुगेको अधिकारीले बताए ।

फार्ममा मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानल, घाँस काट्ने मेसिन लगायतका कृषि औजार अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ । 

उनले आफ्नै पौरख, परिवारको साथ र सरकारको सहयोग प्राप्त हुनसक्दा व्यावसायिक सफलता प्राप्ति हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।