२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा पहिलो पटक व्यवसायी रूपमा फुल खेतीको सुरुवात

अ+ अ-

डोटी । डोटीमा पहिलो पटक व्यवसायी रूपमा फुल खेतीको सुरुवात गरिएको छ । डोटीको शिखर नगरपालिका ८ का एक युवाले फुल खेतीलाई व्यवसायी रूपमा सुरुवात गरेका छन् ।

नयाँ सोचविचारका साथ समाजमा युवाहरूले नयाँ काम गरेर देखाउनु पर्छ भन्ने हेतुले फुल खेतीको सुरुवात गरेको फुल खेती व्यवसायी लोकेश रावलले बताए ।

जिल्लामा पहिलो पटक फुल खेतीको सुरुवात गरेका रावलले चितवनबाट ८ सय बोट सयपत्री टेनिस बल जातको फुल ल्याई खेती सुरु गरेका छन् । दसैँ तिहारलाई लक्षित गरेर पहिलो पटक फुल खेतीको सुरुवात गरेको रावलले बताए ।

शिखर नगरपालिका ८ तिनतालीमा एक रोपनीमा फुल खेती सुरुवात गरेका रावल आगामी वर्षहरूमा क्षेत्रफल बढाउनुका साथै अन्य नयाँ नयाँ बालीहरूको खेती गर्ने सोच रहेको बताए ।

उनले भने म कृर्षि क्षेत्रमा नितान्त रूपमा सिकारु छु, युवाहरूले आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने सोच छ केही नयाँ काम गर्नेछु युवाहरूले नै नयाँ व्यवसायको सुरुवात गर्नुपर्छ ।

कास्की पोखरामा बिबिए पढेर नेटवर्किङमा काम गरिरहेका रावलको लागि फुल खेती व्यवसाय नयाँ भएपनी भारतीय बजारमा रहेका कृत्रिम फुलका माला र नेपाली बजारमा रहेका खादाँहरुलाई विस्थापित गर्न फुल खेती आवश्यक रहेको समेत रावलले बताए ।

रावलले हाल आफ्नो बारीमा फलेको फुल र मालाहरू बिक्री गर्न सुरुवात गरिसकेका छन् । प्रति किलो फुललाई ५ देखि ६ सयका दरले बिक्रीबितरण गरिरहेको समेत बताए ।

डोटी जिल्लामा फुल खेतीको राम्रो सम्भावना रहेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । विभिन्न प्रयोजन दसैँ तिहार, मेला महोत्सवलाई केन्द्रित गरी फुलहरू उत्पादन गर्न सके पहाडी जिल्लाहरूमा राम्रो सम्भावना छ ।

दसैँ तिहार र विभिन्न चाडबाडलाई लक्षित गरेर फुल उत्पादन गर्दा बजारीकरणको राम्रो सम्भावना रहेको समेत प्रमुख अवस्थीले बताए ।

उनले भने बजारमा आवश्यकता अनुसार फुल फुलाउन सक्यो भने समस्या हुँदैन, फुल धेरै दिन टिक्दैन त्यसैले फुलको बजारीकरणमा स्थानीयसरकारहरुले पनि सहयोग गर्न आवश्यक रहेको समेत प्रमुख अवस्थिले बताए । स्थानीय सरकारले खादाको सट्टा फुलका मालाको प्रयोग गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको समेत बताए ।

अहिलेको समयमा विभिन्न सभा समारोह सजाउन ,अतिथिको स्वागत,दसैँ तिहार, मेला, महोत्सव, न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म सयपत्री फूल नै उत्तम मानिँदै आएको पाइन्छ ।

स्थानीय सरकार र विभिन्न संघ संस्थाहरूले सञ्चालन गर्ने औपचारिक कार्यक्रम, मेला महोत्सवमा खादा लाई भन्दा फुलको मालालाई प्राथमिकता दिन सक्यो भने फुल खेतीको प्रबल सम्भावना रहेको देखिन्छ ।