११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’ 

अ+ अ-

काठमाडौँ । अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ । त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ । अवतरण गर्नुअघि ओडिसिएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो ।

अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ को रिपोर्टका अनुसार ओडिसिएसको अवतरणपछिको अवस्थाबारे औपचारिक भने जानकारी सार्वजनिक गरिएको छैन । तर, मिसन निर्देशक टिम क्रेनले चन्द्रमाको सतहमा ओडिसियस रहेको बताए ।

ओडिसिएसले अवतरण गर्नुअघि स्पेसक्राफ्टको गति बढेकोले ओडिसिएसले चन्द्रमाको वरिपरि एक अतिरिक्त यात्रा गरेको बताइएको छ । 

‘बीबीसी’का अनुसार ल्यान्डर ओडिसिएसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ । घामको किरण यहाँ पुग्दैन । यो खाडल नजिकैको समतल ठाउँ हो । मेलापार्ट १७ औं शताब्दीका बेल्जियमका खगोलविद् थिए । यहाँ पानी भए पनि बरफको रूपमा रहेको वैज्ञानिकहरूको विश्वास छ ।

५१ वर्षमा पहिलो पटक अमेरिकी मिसन चन्द्रमामा अवतरण भएको छ । यसअघि सन् १९७२ मा अपोलो –१७ मिसनले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेको थियो । यसपछि अमेरिकाले सन् २०२२ मा चन्द्रमामा आर्टिमिस–१ मिसन पठाएको थियो । तर, त्यो अन्तरिक्ष यान चन्द्रमामा अवतरण भएन । नेपाल न्यूज बैंक   

प्रतिक्रिया दिनुहोस