१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदको शपथ आज

अ+ अ-

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ । २०७४ सालमा निर्वाचित भएका अध्यक्षसहित २० जनाको ६ वर्षे कार्यकाल आइतबार राति १२ बजेदेखि सकिएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको हो ।

त्यस्तै काँग्रेसका चार सांसद रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा भए । माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि बिदा भए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाईं, सिंहबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमिलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि सकिएको छ ।

रिक्त हुने २० मध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन् । उनीहरूले आजै शपथ लिनेछन् । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि २०७४ सालमा नयाँ संविधान जारी भएपछि ५६ सदस्य निर्वाचित भएका थिए भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।

यसैबीच राष्ट्रियसभाको नयाँ अध्यक्षमा काँग्रेस र माओवादीले दाबी गरेका छन्। काँग्रेसले कोशी प्रदेशबाट निर्वाचित कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरे पनि माओवादी केन्द्रले भने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएको छ ।अब राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्नेछ ।

प्रतिक्रिया दिनुहोस