२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान र संघीयता कार्यान्वयनका कानून निर्माणमा लाग्छौँ : मन्त्री गिरी

अ+ अ-

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानून निर्माण गरिने बताएका छन् ।

सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा व्यवसायीसँगको अन्तरक्रियामा उनले ती कानून निर्माणमा आफू सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् ।

कतिपय कानूनमा बाहिरी हस्तक्षेप आउने गरेको व्यवसायीको गुनासोमा मन्त्री गिरीले स्वाधीन अर्थतन्त्र जगेर्ना गर्नु आजको आवश्यकता बताउँदै ‘नेपालको लागि नेपाली’ आफैँले कानून निर्माण गर्ने उल्लेख गरे । पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र युवा पलायन नरोकिएको तर्फ उनको चिन्ता थियो ।

मन्त्री गिरीले देशभर सहकारीमा देखियो समस्या समाधानका लागि पनि कानून संशोधनको आवश्यकता औँल्याएका छन् ।

सोमबार नै पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका गिरीले झण्झटिला कानूनी प्रावधानका कारण देशका कतिपय विकास निर्माणका कामसमेत रोकिएको भन्दै त्यस्ता कानून संशोधनको आवश्यकता रहेको बताएका छन् ।