९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश

अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बार्सिलोना सन् २०२० पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।  पहिलो लेग एक-एक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३-१ को जित निकालेपछि समग्रमा ४-२ को नतिजाका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो । 

बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति बार्सिलोनालाई जिताउन फर्मिन लोपज, जोआओ क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । यस्तै, नापोलीका लागि अमिर रहमानीले एक गोल फर्काए ।

१५औं मिनेटमा राफिन्हाको पासमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको १७ औं मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

तर, नापोलीले ३० औं मिनेटमा गोल फर्काउँदै अन्तर कम गरेको थियो । नापोलीका लागि अमिर रहमानीले गोल फर्काएका थिए । २-१ ले अगाडि रहेको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ८४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस