काठमार्डाैँ । मधेस प्रदेशको कलैया उपमहानगरपालिका-३ गंगापुर स्थित यातायात ट्रायल सेन्टरको उद्घाटन गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले शनिबार एक कार्यक्रमकाबीच सेन्टरको उद्घाटन गरेका हुन्।
उद्घाटन भएसंगै अब कलैयाबाटै ड्राईभिङ्ग लाइसेन्सका लागी बारा बासिले सवारी चालक अनुमति पत्र ट्रायल दिन सकिने सुविधा पाएका छन।
प्रदेश सरकार आएपछि हरेक जिल्लाबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको मुख्यमन्त्री यादवले बताए। कलैया उपमहानगरपालिका-३ स्थित स्थापना भएको यातायात व्यवस्था कार्यालय बाराले चैतको पहिलो साता सवारी लाइसेन्सको लिखित परीक्षा सञ्चालन गर्ने पनि जनाएको छ।सवारी लाइसेन्स परीक्षा भएपछि परिक्षार्थीहरुको लागि ट्रायल सेन्टर निर्माण गरिएको छ।
रामा पनि यातायात व्यवस्था कार्यालयको शाखा स्थापना भएपछि अब यहीबाट नै सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नवीकरण सेवाहरू प्रदान गरिने छ।