२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उडिरहेको जहाजमा मुसा !

अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा चालक दलसम्म पुग्यो।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशकअघि खरिद गरिएको १ सय ९० सिट क्षमताको ‘बि ७५७–२००’ सिरिजको निगमको उक्त जहाज बिहीबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याइरहेका थिए। बीच बाटोमै जहाजभित्र ‘मुसा देखिएको’ यात्रुले बताएपछि काठमाडौं अवतरण हुनासाथ निगमको इन्जिनियरिङ विभागले यात्रु झारेर जहाजका सबै ढोका बन्द गरी ‘सिल’ गर्यो।

त्यसपछि जहाज र यात्रु सुरक्षाप्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमानस्थलमा ‘ग्राउन्डेड’ गर्यो। जसका कारण सोही जहाजबाट दिउँसो २ बजे भारतकै बैंगलोर जाने उडान रद्द हुन पुग्यो । यो उडान पनि क्याप्टेन शर्माले नै उडाउने तालिका थियो । बैंगलोर जान एक सयभन्दा बढी यात्रु तयार भएर बसेका थिए।

‘जहाजभित्र यात्रुले मुसा देखेको खबर आएपछि बाध्य भएर जहाज ग्राउन्डेड गर्नुप¥यो,’ निगमका इन्जिनियरिङ डाइरेक्टर केबी थापाले साँझ नागरिकसँग भने, ‘अब त्यो मुसा नभेटिएसम्म सुरक्षाका कारण जहाज उडाउन मिल्दैन। मुसा समात्न जहाजभित्र पासो (ट्र्याप) थापेर राखेका छौं ।’

त्रिभुवन विमानस्थल अवतरण हुनासाथ कलसाइन ‘एन–एसिबी’ को उक्त जहाजमा इन्जिनियरिङ विभागको टोली र नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा विभागको टोलीले निरीक्षण गरेको निगमका अर्का एक अधिकारीले बताए । दिउँसो १ बजेदेखि मुसा खोज्न सुरु गरिए पनि अबेर रातिसम्म भेटिएको छैन।

‘मुसा समात्न जहाजका सबै ढोका बन्द गरी चालकदल बस्ने ककपिट, यात्रु बस्ने भाग, सामान (कार्गो) राख्ने भाग जताततै खानेकुरा राखेर पासो थापिएको छ,’ ती अधिकारीले भने, ‘मुसा रहेछ भने पासोमा अवश्य पर्छ । राति साढे ९ बजेसम्म पासो थाप्छौं। त्यसबेलासम्म पनि मुसा पासोमा नपरे अर्को प्रक्रिया सुरु गर्छौं।’

निगमकै केही उच्च अधिकारी भने संस्थाको प्रतिष्ठामा आँच पुर्याउन र व्यापार खोस्ने ‘नियत’ राखेर कसैले यस्तो ‘हल्ला फैलाएको’ दाबी गर्छन् । ‘यो निगमलाई समस्यामा पार्ने उद्देश्य बोकेको कुनै समूहले चलाएको हल्ला हो,’ एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ह्यान्ड क्यारी राख्ने ठाउँमा न खानेकुरा हुन्छ न मुसा आकर्षित गर्ने फोहोर हुन्छ । हाम्रै चालक दलले देखेको होइन तर यात्रुले देखेको भनेपछि सतर्कता अपनाउनुपर्ने बाध्यता हुन्छ।’

निगमले जहाजभित्र मुसा पसेर उडान रोकेको यो पहिलो पटक भने होइन । करिब पाँचवर्ष पहिले पनि त्रिभुवन विमानस्थलबाट उड्न लागेको निगमको बोइङ जहाजभित्र मुसा देखिएपछि उडान रद्दसँगै जहाज ग्राउन्डेड गरिएको थियो । त्यसबेला पनि मुसा समात्न पासो थापिएको थियो तर समात्न नसकेपछि भोलिपल्ट जहाजले नियमित उडान गरेको थियो।

निगमका जहाजभित्र मुसा भेटिनेमात्र होइन जहाजमा चरा पनि ठोक्किने गरेका छन् । गत मंसिर पहिलो साता दिल्लीबाट काठमाडौंका लागि १ सय ३५ यात्रु बोकेर आएको निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए ३२०–२००’ सिरिजको जहाज धावनमार्गमा कुदिरहँदा अगाडिको भाग (नाक) मा एउटा चिल ठोक्किएको थियो । त्यसपछि जहाजलाई ग्राउन्डेड गरिएको थियो।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न ए ३२० सिरिजका दुई र बि ७५७ सिरिजको एउटा जहाज छन् । अर्को बि ७५७ भने निगमले निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई १४ करोड ७४ लाख ६० हजार रुपैयाँमा बिक्री गरिसकेको छ । ए ३२० मध्ये एउटा भने नयाँदिल्ली विमानस्थलमा बायाँ इन्जिन बिग्रिएका कारण एक महिनादेखि ग्राउन्डेड छ । यसका लागि निगमले अमेरिकी इन्जिन निर्माता कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) सँग एकथान इन्जिन मासिक डेढ करोड रुपैयाँ तिर्ने गरी भाडामा लिने निर्णय गरेको छ। आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments