२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ को नामबारे सांसदहरू विभाजित

अ+ अ-

काठमाडौं । प्रदेश १ को नाम के राख्ने भन्ने बहस सुरु भएको छ । जातीय वा भौगोलिक पहिचानका आधारमा राख्ने वा कुनै ऐतिहासिक धार्मिक सांस्कृतिक नाम राख्ने भन्नेमा सांसदहरूबीच मतभिन्नता देखिएको छ । कतिपय सांसद भने नामको विषय सहमतिमा टुंगो लगाइने भन्दै मौन बसेका छन् ।

प्रदेश १ मा ९३ सांसद छन्, जसमा एमालेका ५१, कांग्रेसका २१, माओवादीका १६, संघीय फोरमका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एकजना सांसद छन् । प्रदेशको स्थायी राजधानी कहाँ रहने र नाम के रहने भन्नेबारे पार्टीगतभन्दा पनि सांसदहरूले व्यक्तिगत धारणा अघि सारेका छन् ।

कञ्चनजंगा प्रदेशको माग
कांग्रेस सांसद सूर्यमाराज राईले प्रदेश १ को नाम धार्मिक, पर्यटकीय तथा भौगोलिक क्षेत्रको नामबाट राख्नुपर्ने बताए । उनले लिम्बुवान वा खुम्बुवानलगायतका जातीय पहिचानको कुरा गर्दा साँघुरो हुने बताए । उनले भने, ‘प्रदेश १ मा धेरै जातजाति, भाषाभाषीका मानिस बसोवास गर्छन् ।

एउटा जातीय पहिचानको कुरा गर्दा अर्को टाढिएजस्तो हुन्छ । बरु कुनै हिमालको नामबाट प्रदेशको नाम राख्नुपर्छ । कञ्चनजंगा हिमालको नामबाट राख्न सकिन्छ ।’

किरात–चोमोलुङ्माको प्रस्ताव
प्रदेशको नामबारे केही सांसदले भने बहुपहिचानसहितको नाम अघिसार्नुपर्ने बताएका छन् । माओवादी सांसद सौभाग्य राईले जातीय र भौगोलिक दुवै पहिचान झल्किने नाम हुनुपर्ने बताए ।

उनले भने, ‘बहुपहिचानका आधारमा नाम राख्दा किरात–कोसी, किरात–सगरमाथा वा किरात–चोमोलुङ्मा नाम राखिनुपर्छ । यसो गर्दा भौगोलिक नाम पनि समेटिन्छ ।’

केही सांसद मौन
प्रदेश १ मा ९३ सांसदमध्ये अधिकांश सांसद प्रदेश सभाको मुकाम तथा नामबारे मौन देखिन्छन् । उनीहरू प्रदेशको नामांकन प्रदेश सभाको दुईतिहाइले टुंगो लगाउने विषय भएको तर्क गरिरहेका छन् ।

कांग्रेसका सांसद केदार कार्कीले यी विषय प्रदेश सभाले टुंगो लगाउने भन्दै आफ्नो व्यक्तिगत धारणाले नहुने बताए । संघीय समाजवादी फोरमका सांसद जयराम यादवले यसबारे हाल केही नबोल्ने बताए । प्रदेश सभाका सदस्यको सहमति जेमा हुन्छ, त्यसैमा आफूले सहमति जनाउने उनको धारणा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments