काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोडैको जवाफ दिनुपर्ने जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा माओवादीको तर्फबाट सदनमा बोल्दै सांसद राजन दाहालले ओलीले पटक पटक प्रस्ताव गरेपछि चार महिनाअघि ‘प्रचण्ड’ सहकार्यका लागि सहमत भएको समेत जनाए।
उनले भने, ‘चार महिना अगाडि ओलीकै पटक पटकको प्रस्तावमा राजनीतिक र रणनीतिक हिसाबले अगाडि बढ्नुपर्छ भनेपछि कमरेड ‘प्रचण्ड’ले स्विकार्नु भयो। त्यही अनुसार हाम्रो सत्ता सहकार्य अगाडि बढेको थियो। मैले यहीबाट प्रश्न गर्नुपर्छ, यहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो ? अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो ?’
उनले ‘प्रचण्ड’ले नेतृत्व गरेको सामाजिक न्याय, सुशासनको केन्द्रीय कार्यभारबाट किन भागेको भन्दै प्रश्न गरे। के कारणले सहकार्य सुरु भयो, र के कारणले तोडियो त्यसको जवाफ ओलीले दिनै पर्ने उनको तर्क छ।