काठमाडौँ । टीआरसी कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरवारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने भएको हो ।
कार्यदलको सदस्य जनार्दन शर्माका अनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ ।
कानून सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइने शर्माले बताए ।