काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख इन्दिरा राना मगर जोडिएको विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी न्यौपानेले उपसभामुखको विषयमा सभामुखको जवाफ मागेकी हुन् ।
उनले भनिन्, ‘उपसभामुखमाथि निकै चार्ज लागेको छ, ५ जना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिस गर्नेदेखि ५ जना बालिका लगेको कुरा पनि आएको छ । यो कुराबारे मानव तस्करीको गम्भीर आरोप लागेको छ । आरोप लाग्दैमा म सही हो पनि भन्दिनँ । तर, अत्यन्त गम्भीर आरोप लाग्दा जिम्मेवार पदमा बसेको व्यक्तिमाथि छानबिन गर्न पाउन हक छ कि छैन । यो विषयमा सभामुखको ध्यानाकर्षण गराउँछु ।’