८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान

अ+ अ-

काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले आइतबार निवेदन आह्वान गरेको हो । 

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक भएको हुनुपर्छ । शैक्षिक योग्यता भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ ।

त्यस्तै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। त्यस्तै निवेदन दिने अन्तिम मितिसम्ममा पैँतिस वर्ष उमेर पूरा भएको र पैसठ्ठी वर्ष ननाघेको हुनुपर्ने छ ।

त्यस्तै आवेदकले नेपालमा लगानीको अवस्था र सम्भाव्यताको विश्लेषणसहित विद्यमान कार्यसम्पादनको अवस्था, लगानी बोर्डको सबल एवम् दुर्बल पक्ष तथा अवसर र चुनौतीको विश्लेषण र भावी रणनीतिक योजना विषयमा ५ हजार शब्दसम्मको नेपाली भाषामा तयार गरिएको रणनीति र कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

गोरखापत्र दैनिक र कान्तिपुर दैनिकमा सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन ९अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट० कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस