काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-११ घर भएका हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई रहेका छन् ।
ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमाकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ ठमेलबाट आइतबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी जनाएको छ ।