Logo २३ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मोतिया विन्दुका बिरामीको नि:शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल


२४ पुस २०८१, बुधबार


सिरहा । लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

यसका लागि  मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।

सम्झौताअनुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ । “हामीले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ । सोहीअनुरूप अब वडा वडामा शिविर आयोजना गरिनेछ”, नगरप्रमुख चौधरीले भने, “शिविरले यहाँका गरिब तथा विपन्न समुदाय लाभान्वित हुने विश्वास लिएको छु ।” केही दिनभित्रै गाउँ गाउँमा शिविर सञ्चालन गर्ने भन्दै नगरप्रमुख चौधरीले एक हजार मोतिया विन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नगरप्रमुख चौधरीको अनुसार विगत दुई वर्षदेखि यसरी शिविर सञ्चालन गरिएको र यस क्रममा पहिलो वर्ष सात हजार जनाले आँखा जाँच गराएका थिए भने एक हजार ९२ जना मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो । यसैगरी, दोस्रो वर्ष तीन हजार जनाले आँखा जाँच गराउँदा सात सय मोतिया विन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

जाडोको समयमा आँखाको रोगको सङ्क्रमण धेरै हुने र गाउँ गाउँमा पैसाको अभावमा बिना उपचार बस्ने गरिब तथा विपन्न समुदायलाई निःशुल्क आँखा शिविरले सहयोग पुग्ने अस्पतालका अध्यक्ष रवीन्द्रलालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस