काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्ने गरी बैठक बोलाइएको सचिव गणेश साहले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराइ-मधेश अभियानको समीक्षा हुने उनले बताए ।
माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादी स् तराई-मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट सुरु अभियान कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।
अभियानमा अध्यक्ष ‘प्रचण्ड’सहित पार्टीका उपमहासचिव तहसम्मका नेता सहभागी छन् । माओवादीले अभियानमा जनताको कुरा सुन्ने र सरकारविरुद्ध खबरदारी गर्दै आइरहेको छ ।