१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल मलेसियासँग पराजित

अ+ अ-

काठमाडौँ । एएफसी एसीयन कप छनोटमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले मलेसियासँग २-० को हार व्यहोरेको हो।

खेलको पहिलो हाफमा मलेसियाका लागि खेलको २९औँ मिनेटमा हेक्टर हेभलले गोल गर्दै मलेसियालाई अग्रता दिलाएका हुन्। दोस्रो हाफमा पनि मलेसियाले १ गोल थप गरेको हो। 

खेलको ७०औँ मिनेटमा आरिफ एमनको पासमा कोरविन वोङले गोल गर्दै मलेसियाको अग्रता दोब्बर गरेका हुन्। आजको खेलमा नेपालका लागि रेजिन सुब्बाले नेपालको लागि डेब्यु गरे। 

नेपालले आजको खेलमा मलेसियासँग आठौं पटक प्रतिस्पर्धा गरेको थियो। आजको खेलमा पराजित हुँदा नेपाल सातौं पटक मलेसियासँग पराजित भएको हो। आठौं खेल खेल्दासम्म पनि नेपालले हालसम्म मलेसियाको पोष्टमा गोल गर्न सकेको छैन। 

सन् २०२७ मा साउदी अरेबीयामा हुने एएफसी एसीयन कपको अन्तिम चरणको छनोटमा नेपालले मलेसियासहित भियतनाम र लाओससँग होम एण्ड अवेका आधारमा खेल्नेछ। यस खेलको समूह विजेताले एसिया कपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस