काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।