काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
सीईओमा नियुक्त भएका घिमिरेले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।
तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी विगत १६ वर्षदेखि एनएमबी बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्दै तीन दशक बैंकिङ क्षेत्रमा बिताएका उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्।