२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले काँग्रेसलाई एमालेकरण गरेको विराजभक्त श्रेष्ठको प्रतिक्रिया

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममार्फत काँग्रेसलाई पनि एमालेकरण गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले दुई पार्टीमा फरक नदेखिएको बताए ।

दुई ठूला दल सैद्धान्तिक र व्यवहारिक रूपमा एउटै भएको र सरकारले काँग्रेसलाई पनि एमालेकरण गरेको श्रेष्ठको भनाइ थियो । ‘अहिले एमाले सरकारलाई बधाई दिन चाहन्छु किनभने यो पाला काँग्रेसलाई एमालेकरण गर्दिनुभएको जस्तो लाग्छ । सुखी नेपाली समृद्ध नेपाल अब यो संसद्ले स्वीकार गरिसकेको छ, ‘उनले भने । एमालेको समृद्धि नेपाल सुखी नेपालको नारा काँग्रेस र एमाले गठबन्धनको सरकारले स्वीकार गरिसकेको उनले बताएका हुन् ।

काँग्रेस र एमाले आगामी निर्वाचनमा के फरक अवधारणा लिएर जाने हो भन्ने चासोको विषय रहेको पनि श्रेष्ठले बताए । ‘मलाई त चिन्ता के लाग्छ भने यी दुई दल आगामी निर्वाचनमा के एजेन्डा लिएर जनता कहाँ जान्छन् ? सैद्धान्तिक, व्यवहारिक हिसाबले दुई फरक दल बनेनन्, अब नीतिमा पनि ऐक्यबद्धता भइरहेको छ, ’उनले भने ।

सुखी नेपाली समृद्ध नेपालको नारा पनि एमाले र काँग्रेस गठबन्धन सरकारमा संशोधन गर्नुपर्ने बेला भएको श्रेष्ठको भनाइ छ । ‘सुखी नेपाली समृद्ध नेपाल त हालसाल ‘सुखी बिचौलिया, समृद्ध माफिया’ भएको हो भन्ने प्रश्न पनि म राख्न चाहन्छु । धितोपत्र बोर्डको ७ प्रतिशत कमिसन नदिईकन आइपिओ जारी नै गर्न दिँदैन, दिएकाहरूको आइपिओ जारी गर्न दिन्छ, ’उनले भने ।

सांसद श्रेष्ठले मौद्रिक नीति आउने बेला नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

एमाले र काँग्रेस सरकार लामो समयसम्म चल्नुपर्ने पनि सांसद श्रेष्ठले बताए । १० महिना हुँदा पनि यो गठबन्धन सरकार किन बनेको हो भन्ने यकिन नभएको उनले बताए ।