२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने

अ+ अ-

काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा आज साढे २ देखि पाँच घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएको हो ।

प्राधिकरण आज एक सूचना जारी गरी बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडरअन्तर्गत पर्ने फूलबारी मार्गमा ढल्न लागेको विद्युत् पोल फेर्नका लागि फिडरमा पर्ने दुई वटा ट्रान्स्फर्मर सटडाउनमा राखिने भएकाले फूलबारी मार्ग र कोटेश्वर क्षेत्रमा साढे ११ बजेदेखि २ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

त्यस्तै, रत्नपार्क वितरण केन्द्रको खिचापोखरी फिडर, त्रिपुरेश्वर फिडर, भोटेबहाल फिडर र न्यूरोड फिडर पनि स्विचिङ सर्भिसिङका लागि सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।

ती फिडरअन्तर्गत पर्ने खिचापोखरी डबली, माछा बजार, आर.बि. कम्प्लेक्स, पुरानो नगरपालिका अगाडी सिद्धिचरण चोक एरिया, सुन्धारा नेपाल टेलिकम अगाडी, सेन्ट्रल जेल, महिला जेल, रङशाला, सुन्धारा बागदरबार, भोटेबहाल, पिपलबोट,दक्षिणकाली मन्दिर, यंगाल चोक, ओम बहाल, लगन चोक, प्लानचोक भगवती, न्यूरोड संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली्, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

निर्धारित काम समय अगाडि नै सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ ।