काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन बन्द गरेपछि यात्रुहरू मर्कामा परेका छन्। संविधानविपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा नेपालभर सार्वजनिक यातायात ठप्प गरिएको हो।
उपत्यकाका सडकमा केही निजी सवारी साधन र फाट्टफुट्ट ट्याक्सी मात्र चलेका छन्। सधैँ व्यस्त हुने सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन्। सार्वजनीक यातायत नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ ।







