काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्ना नेता रवि लामिछानेलाई डिल्लीबजार कारागार आउन नदिइएको बताएका छन् ।
प्रतिनिधि सभामा सांसद झाले राजनीतिक प्रभावमा आफ्नो नेताको चाहना पूरा हुन नदिइएको बताएका हुन् ।
‘तपाईँलाई थाहा छ, सभामुख महोदय, हाम्रो नेतालाई त्यहाँबाट यहाँ ठाउँ सारी गर्ने कुरा पनि रोकियो राजनीतिक प्रभावमा’ झाले भनेका छन् ।
सहकारी बचत रकम अपचलन मुद्दामा रुपन्देही कारागार थुनामा रहेका लामिछानेले डिल्लीबजार कारागार आउन चाहेका थिए । लामिछानेको चाहना पछि कारागार प्रशासनले प्रक्रिया पनि अगाडि बढाएको थियो ।
तर राजनीतिक प्रभावमा कारागार सरुवाको निर्णय कार्यान्वयन नभएको सांसद झाले बताएका छन् ।







