२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको दाबी-‘पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रूपान्तरण कायम गर्न सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले देश र जनताको हितलाई सर्वोपरि राखेर पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरेको भूमिकाबाट कतिपय व्यक्तिहरू आत्तिएर पार्टी विभाजन गराउन उद्यत रहेको आरोप लगाए ।

कम्युनिष्ट पार्टीको टुटफुटले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न नसकिएको बताउँदै उनले त्यसले जनतामा निराशा र आक्रोश बढेको विचार व्यक्त गरे । उनले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरण नीतिगत निर्णय भएकाले आफू निर्दोष रहेको प्रष्ट पारे ।

अध्यक्ष नेपालले संविधान प्रदत्त मन्त्रिपरिषदमा निहित नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलिलाई जग्गा उपलब्ध गराइएको बताए ।

पार्टीले उक्त मुद्दा प्रतिरक्षाका लागि कानुनविद् सम्मिलित कार्यदल गठन गरेको बताउँदै उनले सो विषयमा अदालतबाट छिट्टै न्याय निरूपण हुने विश्वास व्यक्त गरे ।