काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८३ रन बनाए । ५३ बलमा उनले ५ छक्का र ६ चौका प्रहार गरे । लेभिट १४ ओभर ३ बलमा करण केसीको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे ।
सकिब जुल्फिकारले १४ रनको योगदान दिए । लेभिटले जुल्फिकारसँग मिलेर पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । रोएलफ भ्यान डेर मेवेले र आर्यन दत्तले उनीहरुले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे ।
बलिङमा नेपालका करण केसीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।







