२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्काको दाबी-‘काँग्रेसले काँग्रेसलाई हराउने महारोग छाडे ०८४ मा सहजै बहुमत ल्याउन सकिन्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको लागि काँग्रेस र एमालेले चाँडै संयन्त्र बनाएर काम थाल्ने बताएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेस प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र एमालेबीचको छलफलले आकार लिएपछि प्रमुख प्रतिपक्षी दल, सदनमा सहभागी अन्य दललाई पनि समेटेर प्रक्रिया अघि बढाउने बताए ।

नागरिकमा उठेको निराशा र संविधान कार्यान्वयनमा देखिएको समस्याहरू समाधान गर्नको लागि सरकारले काम गरिरहेको बताए ।

यस्तै, उनले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीबीच भएको केही मतभेदलाई कोठामा बसेर संवाद गरौँ । छलफलबाट त्यसलाई मेटाउँदै जानुपर्छ ।’

उनले काँग्रेसभित्रको अन्तर्विरोध कारणले नै काँग्रेस हारिरहेको बताए ।

उनले थपे, ‘काँग्रेसलाई हटाउन कोही चाहिँदैन । काँग्रेस भए पुग्छ । अरूले सक्दैन, त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनुपर्नेछ । त्यसका लागि हामीले प्रशिक्षणमार्फत सद्भाव र मतभेद अन्त्य गर्दै गइरहेका छौँ ।’

उनले काँग्रेसको अन्तर घातको महारोगलाई अन्त्य गरेर ०८२ र ०८३ को पार्टीको अभियान सफल बनाउन सके ०८४ को चुनावमा पहिलो पार्टी र एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने सुनाए ।