२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विलासी करको विरोधमा आज पनि सुनचाँदी व्यवसायीको प्रदर्शन

अ+ अ-

काठमाडौँ । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै व्यवसायीले शुक्रबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

माइतीघरमा भेला भएका सुनचाँदी तथा आभूषण व्यवसायीहरू कर खारेजीको नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्दै छन् ।

‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ ।

सुन बिलासी वस्तु नभएको समेत उनीहरूको तर्क छ । सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने, व्यवसायी मैत्री नीति नियम तथा निर्देशिका निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार ग्रे-लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका थिए ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमा मात्रै हटाइएको बताए ।

अर्थमन्त्रीको भनाइबाट असन्तुष्ट व्यवसायीहरू बिहीबार पनि सडकमा उत्रिएका थिए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएपछि त्यसको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन् ।

यसअघि बजेट वक्तव्यपछि दिनहुँ जसो प्रदर्शनमा उत्रिएका व्यवसायीले अल्टिमेटम दिँदै ५ असारमा आन्दोलन स्थगित गरेका थिए ।

तर, सरकारले माग पूरा नगरेको भन्दै उनीहरू पुनस् आन्दोलनमा उत्रिएका हुन् ।