२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

अ+ अ-

काठमाडौँ। आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् ।

राजकीय बिहारमा लुम्बिनी बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटेल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक गतिविधिहरू प्रभावकारी भएको बताउँदै बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सधैँ प्रतिबद्ध रहेको बताए ।

राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले वर्षावास परम्पराको ऐतिहासिक महत्त्व, ध्यान र साधनाको अवसरका रूपमा यसको भूमिका र लुम्बिनीजस्तो पवित्र स्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्म, स्थानीय जनप्रतिनिधिहरू, बौद्ध संघ संस्थाका प्रतिनिधिहरू, भिक्षु भिक्षुणी तथा देश विदेशका श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो ।

वर्षबास भनेको बौद्ध भिक्षु भिक्षु हरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन र चिन्तन मनन गर्ने परम्परा हो । भगवान् बुद्धले प्रतिपादन गरेको २२७ विनयमध्ये वर्षबास पनि एक हो ।