२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशचन्द्र खतिवडाका तीन कविता

अ+ अ-

१. जिन्दगी
भए खाउँला
नभए के खाउँला ?
खानु नखानु नियतिकै खेल हो त ?
म आफैलाई प्रश्न गर्छु
म सँग उचित जवाफ छैन
समय निर्निमेष टोलाउँछ
म घोत्ली बस्छु
जिन्दगी जसो तसो अल्झिएकै छ
पुरानो घाउ बल्झिएकै छ
व्याजको स्याज जोडेर साहुजीले राखेको तमसुकको
हिसाब किताब गर्नै बाँकि छ
साहुको ऋण चुक्त्याउन सकिएको छैन
साहु जुँगामा ताउ लाउँछ
म साहुकै अगाडि
थुत्त थुतेर
किर्ते तमसुक च्यात्ती दिन्छु
साहु आँखा फुकाल्छ
म विद्रोह गर्छु ।

म जिन्दगी नबुझेर हैरान छु
मलाई जिन्दगीको मिठो गीत गाउने रहर छ
म गीत गाउँ नै जान्दिनँ
गीत गाउन नजान्नेले
जिन्दगीको परिभाषा खोज्नु पनि व्यर्थ रहेछ
जिन्दगी फूल या शूल
कसले परिभाषा गर्छ ?
म परिभाषा खोज्दै
जिन्दगीलाई तराजुमा तौलीतौली राख्छु ।

ए हजुर
जिन्दगीको परिभाषा तपाई सँग छ त ?
तपाई भन्नु हुन्छ
जिन्दगी रहर र जहर हो
जिन्दगी ब्राण्डी र ह्वीस्की हो
र जिन्दगी मैयाँ सावहरुको सहर हो
माफ गरे मित्र
तिम्रो परिभाषा न छेउ न टुप्पो
कसरी पत्याउन म ?

मलाई
मेरो लागि त जिन्दगी
दाल, भात र डुकुको कचहरी हो
कहिले बचाँइन्छु
कहिले मारिन्छु
जिन्दगीको हिसाब किताब कसरी राखौँ ?
हिसाब नमिलेको बही खाता जस्तो भो जिन्दगी ।

२. बुठहरु
संभवत
पचास जोडा बुठहरु
बजारिन्छन् क्रूरताको प्रतीक बनी
गाउँको छातीमा
गाउँलेहरू
तर्सन्छन् / हच्कन्छन्
र हेर्छन्
भयभीत मुद्रामा
बुठहरुको आगमनलाई ।

बुठहरु
हिल्लिछन / छिल्लिछन्
आँगन र चौकामा
गृहिणीहरू
ससंकित मुद्रामा
अस्मिताको बचाउ गर्दै
बुठहरुको प्रतिकार गर्छन्
तथापि
बुठहरु अस्मिता लत्त्याउँदै
वुर्कुसी मारेर
धम्की ओकली बस्छन् ।

बुठहरु बज्रिरहेनछन्
निरीह छातीमा
असंख्य पीडा थोपरेर,
गाउँ स्तब्ध छ
कहाँ बुठ बज्रने हो ?
कसको अस्मिता लुटिने हो ?
निरन्तर बुठहरु भुकिरहेछन्
अधकल्चो निन्द्रा बिगारेर ।

बुठहरु
जसलाई थाहै छैन
पृथ्वीको आफ्नै गति हुन्छ
आज रात भयो
भोलि दिन हुन्छ
एक दिन जित्नेहरूले
अर्को दिन हार्नु पर्छ
बुठहरु, सावधान
गाउँलेहरू एकगठ भइसके अब ।

३. समय
समय कैद छ घडीका काँटाहरूमा
हर दिन
बरालिन्छ मान्छे
समय हातमा मुठ्याएर
समय लाचार छ
मान्छेहरूको मूर्खता देखे पछि ।

आज हाँस्नु
भोलि रुनु
नियतिकै खेल भएको छ
धुत्र्याइ
अविश्वास
र छ दम
नियमितता नै हो कि मान्छेहरूको ?
हल्का हाँसो
गाढा मुस्कान रित्तिएको छ
समय कैद गर्न सकेकोमा मान्छे
विजयोत्सव मनाउँदै छ
सायद मृत्यु उत्सव चाख्ने गरी ।

समय हो
कुनै दिन फुत्कने छ हातबाट
समय फुत्किए पछि
टाउका जुध्लान
ठुड्ने
कम/उपक्रम चल्ला
आकुल / व्याकुल भएको
दृश्य आकाशले हेर्ला
समय मौन बसे पछि ।

फुटबलको गोल हुन्छ
समयको गोल कस्तो हुन्छ ?
क्षितिज त गोल पोष्ट हो
सावधान
समयले गोल लगाउन सक्छ ।

कमै सँग
खुरु खुरु
समयले गोल लगायो भने
मान्छेहरू
समयको मुक्का चाख्दै
मृत्यु चाटी बस्लान्
निर्जन भूमिमा
समयको माखे साङ्लो भित्र फसेर ।

सुन्दरहरैंचा –०६, दुलारी, मोरङ