२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलको हिसाबकिताब सार्वजनिक गर्न क्यानले बोलायो बोर्ड बैठक

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यसै महिना बस्ने भएको छ । 

अध्यक्ष चतुरबहादुर चन्दसितको परामर्शमा सचिव पारस खड्काले साउन १५ गतेका लागि बोर्ड बैठक डाकेका हुन् ।

बोर्ड बैठकमा गत वर्ष आयोजित नेपाल प्रिमियर लिगको आम्दानी–खर्चको प्रतिवेदन पेस गरिने क्यान स्रोतले बतायो । क्यानभित्रको असन्तुष्ट पक्षले नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताब अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै नेतृत्वको आलोचना गरिरहेको थियो । 

बोर्ड बैठकबाट पारित गरेसँगै पत्रकार सम्मेलनमार्फत सबै हिसाब सार्वजनिक गर्ने क्यानको तयारी छ ।

क्यानले गत वर्ष एनपीएलको पहिलो संस्करण आयोजना गरेको थियो, जसको नेतृत्व सचिव पारस खड्काले गरेका थिए । एनपीएलमा क्यान नाफामा रहेको उनले बताएका छन् । यद्यपि, यसको विस्तृत विवरण भने बोर्ड बैठकमै प्रस्तुत गर्ने उनको भनाइ छ ।

बोर्ड बैठक बोलाइएसँगै असन्तुष्ट पक्ष भने आफ्नै रणनीति बनाउन जुटेका छन् । बोर्ड बैठक बहिस्कार गर्ने वा बैठकमा उपस्थित भएर पनि हस्ताक्षर नगर्नेसम्मका विकल्पमा छलफल भइरहेको स्रोत बताउँछ । क्यानका अध्यक्ष चन्द र सचिवले भने सदस्यहरूलाई बोर्ड बैठकमा भाग लिएर वैधानिक तरिकाले आफ्नो कुरा राख्न आग्रह गरेका छन् ।

बोर्ड बैठकका एजेन्डाहरू तय हुन बाँकी रहेको प्रवक्ता छुम्बी लामाले बताए ।