२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल भइरहेको छ’ : परराष्ट्र मन्त्री राणा 

अ+ अ-

काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराएकी हुन् ।

‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु,’ उनले  लेखेकी छन् ।

हमास समूहको नियन्त्रणमा रहेका विपिनको शीघ्र रिहाइको लागि परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको उनको भनाइ छ ।

विपिनको रिहाइ गर्नु सरकारको दायित्व भएको भन्दै उनले हाल परराष्ट्र मन्त्रालयको परामर्श र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेको उनले स्मरण गराएकी छन् । विपिनको आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेट गरी विपिनको रिहाइको अपिल गरेको जानकारी समेत उनले गराएकी छन् ।

मन्त्री राणाले गत असोजमा राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेता, जी७७ प्लस, जी२०,  एलडीसी समूह लगायतका बैठकलाई सम्बोधन गर्ने क्रममा पनि विपिनको रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

त्यसैगरी गत असोजमा दोहामा आयोजित एसिडी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिइन् ।

इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेश मन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरूसँग भेटेरै विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेको उनले बताएकी छन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री राणाले इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि पनि कूटनीतिक पहललाई थप सक्रिय बनाएको बताइन् ।