२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपिन रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

अ+ अ-

काठमाडौँ । प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि विपिनकी आमा र बहिनीले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई थप पहल गर्न आग्रह गरेका छन् ।

विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री डा. राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेका हुन्। 

मन्त्री डा. राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न तथा उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए । इजरायलबाट फर्केपछि आज उनीहरूले मन्त्री डा. राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन् ।

दुवै जनाले आफूहरू इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरूले सहयोग गरेको तथा त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरूसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिएका थिए । त्यस अवसरमा मन्त्री डा. राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताए ।

मन्त्री डा. राणाले उनीहरूसँग भनिन्, “यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसंघीय महासभादेखि अन्तरराष्ट्रिय मञ्चहरू, विभिन्न द्विपक्षीय तथा अन्तरराष्ट्रिय बैठक तथा भेटवार्ताहरूमा विपिनको रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्ने जति पत्राचार एवं अन्य आवश्यक पहल जारी राखेका छौँ ।”

आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेश मन्त्री एवं अधिकारीसँगको भेट एवं फोन वार्ताका साथै संयुक्त राष्ट्रसंघदेखि अन्य अन्तरराष्ट्रिय फोरममा पनि विपिन रिहाइको मुद्दालाई सशक्त रूपमा राख्दै आएको मन्त्री डा. राणाले जानकारी दिइन् । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन हमास समूहको अपहरणमा परेका थिए ।