२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इम्बोस्ड नम्बरप्लेट नराख्नेलाई तत्काल दण्ड-जरिवाना नगरिने विभागको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ। सरकारले इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा पछिल्लो समयमा केही भ्रम विवाद देखिएको भन्दै यसको कार्यान्वयन अनिवार्य रहेको बताएको छ । यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको प्राविधिक, कानूनी र व्यवस्थापकीय पक्षबारे जानकारी गराएको हो ।

विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात व्यवस्था ऐन, २०४९, यातायात व्यवस्था नियमावली, २०५४ तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा आधारित रहेको प्रष्टीकरण दिएको हो ।

अदालतले समेत अङ्ग्रेजी भाषाको प्रयोग संवैधानिक र कानूनी रूपमै सदर गरेको विभागको भनाइ छ ।

विभागले यातायात क्षेत्रको व्यवस्थापनलाई आधुनिकीकरण गर्न र डिजिटल नेपालको अवधारणालाई साकार पार्न इम्बोस्ड नम्बर प्लेट जडान महत्त्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ ।

असोज १ सम्म जडान नगरिए दण्ड-जरिबाना गरिने भनी भ्रम फैलाइएको भन्दै तत्काल कुनै जरिवाना वा कारबाही नगरिने र आफूलाई अनुकूल भएको समयमा जडान गर्न सकिने पनि विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका तथ्यांक विदेशीको हातमा जाने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनी फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्यांकहरू यातायात व्यवस्था विभाग परिसरमा रहेको डाटा सुरक्षा केन्द्र मा सुरक्षित रहने गरी व्यवस्था मिलाइएको छ ।’

विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि ठेकेदार कम्पनीसँग २०७३ साल मंसिरमै सम्झौता गरेको र विभिन्न कारणले ढिलाइ भए पनि हाल दोस्रो पटक म्याद थप भई २०८२ साल मंसिर ११ गतेसम्मको समयसीमा रहेको र सोहीअनुसार काम अघि बढेको उल्लेख गरेको छ ।