२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सापकोटाको दाबी : ‘काँग्रेस-एमाले अझै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन्’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सापकोटाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरू अर्थहीन हुने टिप्पणी गरेका हुन्।

उनका अनुसार सत्तारूढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न सकेका छैनन्। उनले माओवादी केन्द्रको स्पष्ट दृष्टिकोण प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानु रहेको दोहोर्‍याए।

सापकोटाले सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सकिए विधायिका काम प्रभावकारी हुने तर्क गरे। उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे गरिँदै आएको बहस अन्त्यहीन हुन्छ। काँग्रेस र एमाले आजै तयार भए भने पनि यो ठुलो कुरा होइन। तर ती दुई पार्टी अझै तयार छैनन्। हाम्रो स्पष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसद मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजका समस्याको समाधान सम्भव हुन्छ भन्ने हो।’

सापकोटाले संविधानलाई समयानुकूल संशोधन गरी जनतामुखी बनाउन माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदलाई मन्त्री बन्न नदिने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई दीर्घकालीन दृष्टिकोणका रूपमा अघि सारिरहेको पनि स्पष्ट पारेका छन्।