२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा ४ हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

अ+ अ-

दमौली । यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एउटा समूह (क्लष्टर) मा कम्तीमा पनि एक सय रोपनी जग्गा हुनुपर्ने प्रावधान छ ।

कार्यक्रम सञ्चालनका लागि  ६८ लाख बजेट रहेकामा रु ३९ लाख दुई हजार खर्च भएको लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत समूहलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा विविध सामग्री उपलब्ध गराइएको छ ।

लामिछानेका अनुसार मकै बीउ उत्पादनका लागि कृषक समूहलाई पाँच हजार ४१४ किलो बीउ वितरण गरिएको छ । उनले भने,‘३९ थान मिनिटिलर, २१ थान कम्बाइन मिल, ४७ थान मकै छोडाउने उपकरण, १४ थान डिजिटल तराजु, ५२ थान स्प्रेयर, चार सय २० थान त्रिपाल र दुई सय मिटर कुलो वितरण गरिएको छ ।” आँबुखैरेनी गाउँपालिका–६ स्थित एकता कृषक समूहले एक सय रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ ।

आँबुखैरेनी–६ का घलडाँडा कृषक समूहले चार सय, आँबुखैरेनी–२ स्थित गाउँघर कृषक सहकारी संस्थाले दुई सय, ऋषिङ गाउँपालिका–३ स्थित मिलीजुली कृषि तथा पशुपालन समूहले एक सय २०, घिरिङस्थित कालीगण्डकी कृषि सहकारी संस्थाले एक सय ५०, बन्दीपुरस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले एक सय, बन्दीपुरकै आँधीमूल तरकारी उत्पादक कृषि सहकारी संस्थाले तीन सय, व्यासस्थित पिपलटार कृषक समूहले एक सय, हरियाली फलफूल तरकारी कृषक समूहले एक सय ६०, जौबारी कृषक समूहले एक सय, बर्लाची कृषि उत्पादक सहकारीले चार सय, पोखरीडाँडा कृषक समूहले एक सय, अन्नपूर्ण कृषि उत्पादक सहकारीले एक सय क्षेत्रफलमा कार्यक्रम विस्तार गरेका केन्द्रका प्रमुख लामिछानेले जानकारी दिए ।

भानुस्थित साथ फलफूल तथा कृषि सहकारी संस्थाले चार सय, नवआकृति बहुउद्देश्यीय कृषक समूहले एक सय ५०, समता कृषि सहकारी संस्थाले तीन सय, फाउदी कृषि सहकारी संस्थाले पाँच सय, म्याग्देस्थित नेपानेटारी कृषक समूहले एक सय पाँच, माहिन्द्री गङ्गा कृषि सहकारी संस्थाले दुई सय र म्याग्देस्थित नमूना कृषि तथा पशुपालन कृषक समूहले एक सय क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन विस्तार गरेका उनले बताए।