२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष केसीले भने : ‘नेपालमा भारतीय लगानी अझ बढी भित्र्याउन हामी प्रयासरत छौँ’

अ+ अ-

काठमाडौँ । नेपाल-इन्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की)का अध्यक्ष सुनील केसीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानी अझ बढी भित्र्याउन आफूहरू प्रयासरत रहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आज गरिएको अन्तरक्रियामा अध्यक्ष केसीले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत र कानुनी सुधार जरुरी रहेको बताए ।

“भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ, निक्कीले  यसका लागि काम गरिरहेको छ, नेपालमा लगानीका लागि केही सुधार आवश्यक छ, समस्या देखिएका क्षेत्रमा सुधार भए लगानी बढाउन सकिन्छ”, उनले भने । नेपालमा भारतीय लगानी बढाउन निक्कीले भारतको नयाँ दिल्लीमा कार्यालय स्थापनाको तयारी गरिरहेको उनको भनाइ थियो ।

“निक्कीको पहिलो प्राथमिकतामा लगानीको सुरक्षा, लगानी प्रवर्द्धन र पुन:लगानी हो । त्यसपछि नयाँ लगानी भित्र्याउनु हो”, अध्यक्ष केसीले भने । नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न विभिन्न अवसर प्रदान गर्नुका साथै बजारको आकार पनि मुख्य हुने उनको भनाइ थियो । 

नेपालमा लगानी ल्याउन भारतमै लगानी सम्मेलनको तयारी भइरहेको अध्यक्ष केसीले बताए । पछिल्लो समय नेपालमा सूचना प्रविधिलगायतका क्षेत्रमा ठुलो सम्भावना भएकाले सो क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न सकिने उनले बताए । 

त्यस अवसरमा निक्कीका उपाध्यक्षद्वय रविकुमार रायावरम र कुनाल कयाल, महासचिव राजन शर्मा, कोषाध्यक्ष किरण मल्ललगायतले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा कानुनी सुधार जरुरी रहेकामा जोड दिए।