२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

  उपत्यका ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ । 

 उक्त म्याजिक लाइटलाई लायन्स क्लब अफ काठमाडौँ थलीले खरिद गरी आज जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले लायन्स क्लब अफ काठमाडौँ थलीको यो सहयोगको सराहना गर्दै म्याजिक लाइटले काठमाडौँमा रातको समयमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले भने, “काठमाडौँको सडकमा रातको समयमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ, धेरै समय गाडी ट्राफिक नदेखी ठक्कर दिने अवस्था आउने गर्छ, म्याजिक लाइटको प्रयोगले यो समस्यामा केही हदसम्म राहत पुर्‍याउनेछ ।”

उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जेन जेड आन्दोलनका क्रममा ट्राफिक कार्यालय र यसको संरचनामा आएको क्षतिको बारेमा जानकारी दिए । 

 उनले भने, “पाँच मिनेटको लागि पनि ट्राफिकविनाको चोकको अवस्था कस्तो होला?  यसलाई हामी सबैले अनुमान गर्न सक्दछौँ, यो अवस्थाले केवल सवारी सञ्चालनमा मात्र नभएर, सार्वजनिक जीवनमा पनि ठूलो प्रभाव पार्दछ, यसैले म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थप्ने विश्वास गरेका छौँ ।”

यसैगरी उनले जेन जेड आन्दोलनका कारण ट्राफिक कार्यालयका विभिन्न भवन र उपकरणसहित ट्राफिक प्रहरीका लुगा जल्नुका साथै व्यापक क्षति पुगेको भन्दै दुखसमेत व्यक्त गरे । उनले भने, “आगजनीका कारण हामीलाई ट्राफिक व्यवस्थापनमा ठूलो समस्या आएको थियो, अहिले नागरिक स्तरबाट पुनर्निर्माणका प्रक्रिया आरम्भ भएका छन् र हामी यसलाई नयाँ ढंगले व्यवस्थापन गर्ने प्रयासमा जुटेका छौँ ।”

लायन्स क्लब अफ थलीका अध्यक्ष रुपक सिमखडाले म्याजिक लाइट सहयोगको महत्त्व र उद्देश्यलाई स्पष्ट पार्दै समाजको सुधार तथा सहकार्यका लागि यस प्रकारका सहयोग र सहकार्य निरन्तर जारी रहने जनाए । उनले भने, “हामी सधैँ समाजको लागि आवश्यक सहयोग प्रदान गर्ने प्रयास गर्छौँ, ट्राफिक व्यवस्थापनको सुधारका लागि हामीले गरेको यो पहल सँगै यो संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नेछ ।”