२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटामा पैदल भेटघाट स्थगित गरेर फर्किए बालेन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले धनकुटा सदरमुकाममा तय गरिएको प्रत्यक्ष भेटघाट कार्यक्रम अन्तिम समयमा स्थगन गरेपछि बजार क्षेत्रमा गाडीमार्फत परिक्रमा गर्दै फर्किएका छन्।

रास्वपाका अनुसार शनिबार माघ १० गते पैदल हिँड्दै मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय गरिएको थियो। तर कार्यव्यस्तताका कारण उक्त कार्यक्रम स्थगित गरिएको पार्टीले जनाएको छ। तय समयअनुसार दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यसूची थियो।

भीमनारायण चोकमा साहले गाडीबाट नओर्ली केही समय झ्यालबाटै समर्थक र कार्यकर्तासँग हात मिलाएका थिए। धनकुटा जिल्ला समितिले केही दिनदेखि उनको आगमनलाई लिएर प्रचार–प्रसार गरे पनि सदरमुकाममा प्रत्यक्ष रूपमा सहभागी नहुँदै उनी फर्किएका हुन्।

रास्वपा धनकुटाका अनुसार विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनुपर्ने भएपछि धनकुटाको कार्यक्रम स्थगन गर्नुपरेको हो। पार्टीले आगामी निर्वाचनअघि साहको प्रमुख आतिथ्यमा धनकुटामै आमसभा आयोजना गर्ने योजना रहेको जानकारी दिएको छ।

धनकुटा सदरमुकाम प्रवेश गर्नुअघि साहले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक तथा मतदातासँग भेटघाट गरेका थिए। उनी यसअघि शुक्रबार माघ ९ गते तेह्रथुम सदरमुकाम म्याग्लुङमा बसेका थिए र शनिबार बिहान धनकुटा पुगेका थिए।