२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहरलाई कुरुप बनाएको भन्दै नेटका कर्मचारी नियन्त्रणमा

अ+ अ-

काठमाडौं । जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ ।

तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिई आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ । बालाजु बाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा प्रतिनिधिमूलक तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आफ्नो काम गर्ने क्रममा अरूलाई असर नपु¥याई सुन्दर शहरलाई जोगाउन सचेत गरिएको छ । यसरी नियन्त्रणमा लिइएका कर्मचारी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका थिए ।

आज बिहान ११ बजे, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गर्दै आगामी दिनमा शहरको सन्दरतालाई जोगाउने कार्यमा आफूहरु लागिपर्ने बताएका थिए । आफू कहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष रिजालले शहरी सुरक्षाका लागि हामीले राखेको सिसिटिभी क्यामराको तार छुटेकाले यी सबै व्यवस्थापन गरेर मात्र काम अघि बढाउनुपर्छ भने । रासस