२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले २०८१ असोजको बाढीपहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका रोशी गाउँपालिकाका पीडितको सूची सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिद्वारा पहिलो चरणमा उक्त गाउँपालिकाका १९९ घर स्थायी निर्माण गर्न तथा ४० घर रेट्रोफिटिङ (प्रवलीकरण) गर्न सिफारिस गरिएको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेमा गत सालको विपत्तिमा आवासमा पुर्याएको क्षति छानबिन गरी स्थायी आवास निर्माणका लागि सिफारिस गर्न सुरु गरिएको बताए । उनका अनुसार रोशी गाउँपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा स्थायी आवासका लागि सिफरिस सुरु गरिएकाले क्रमश: जिल्लाका अन्य स्थानीय तहका पनि सिफारिस गरिनेछ ।

सरकारले २०८१ असोजको बाढीपहिरोले क्षति पुर्याएको आवासको स्थायी पुनर्निर्माणका लागि रु चार लाख अनुदान दिने निर्णय गरेको थियो । साथै सोही निर्णयअनुसार रु चार लाखमध्ये संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत तथा स्थानीय तहले २० प्रतिशत व्यहोर्ने नीति बनाइएको थियो । यसअघि जिल्लाको १० स्थानीय तहका दुई हजार ८९५ घरपरिवारलाई सरकारबाट प्राप्त अस्थायी आवास अनुदान वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीपहिरोले रोशी गाउँपालिकामा १२ जनाको निधन भएको थियो । यस्तै बाढीपहिरोबाट ४८२ पूर्ण रूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । यस्तै, दुई हजार ५४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । त्यसैगरी, ६० खानेपानी आयोजना, एक पक्की पुल, विद्यालय तथा चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । बाढीपहिरो निर्माण सम्पन्न भएको डम्फू पार्क, १० शय्याको एक अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

गत साल असोजको बाढीपहिरोबाट जिल्लामा ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत छन् भने एक सयको हाराहारीमा घाइते भएका थिए । गत चैत अन्तिम साताबाट जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाटै निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो ।