२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतमातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरूलाई निर्देशन दिएका हुन् । आज बसेको भर्चुअल बैठकमार्फत उनले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त जानकारी तथा निर्देशन दिएका हुन् ।

ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको उनले बताए। “मुलत: ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट गरेका काम कारबाहीलाई प्रभावकारी कार्यान्वयन गर्न, गैरव्यावसायिक आचरण र व्यवहार नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहमा विशेष जोड दिन निर्देशन गरेको छु”, उनले भने ।

प्रहरी उपरीक्षक रिजालले ट्राफिक व्यवस्था तथा सडक सुरक्षालाई सुदृढ बनाउन आफ्नो क्षेत्रका सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न ट्राफिक प्रमुखहरूलाई सुझाए । कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका निम्ति आवश्यक रणनीति अपनाउन सक्रिय भूमिका खेल्न निर्देशन गरिएको उनको भनाइ थियो ।

उक्त बैठकमा उपस्थित ट्राफिक प्रमुख सबैले आआफ्नो क्षेत्रमा भोगेका, समस्या चुनौतीसहित अनुभव प्रस्तुत गरेका थिए । ती समस्या समाधानका निम्ति उनले आवश्यक मार्गनिर्देशन प्रदान गरिएको बताए ।